९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोना संक्रमित सशस्त्र प्रहरीको मृत्यु



पोखरा ।

सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार राति पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–७ का उनको उपचारका क्रममा राति साढे ११ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको हो ।

आइतबार अस्पताल भर्ना भएका उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । हालसम्म संक्रमितको संख्या ५ हजार ५ सय १ पुगेको छ । तीमध्ये ३ हजार ४ सय ८८ निको भइसकेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७ शुक्रबार ००:००  २ : ४७ बजे