रुपन्देही ।
रुपन्देही र अर्घाखाँचीका दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ७३ वर्षीय पुरुषको आईसीयू अभावमा मृत्यु भएको छ ।
उनलाई असोज २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । तर अस्पतालमा आईसीयू अभाव भएपछि दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनमा यही असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको धागो कारखानामा सन्चालित कोरोना विशेष अस्थायी अस्पतालमा आज बिहान मृत्यु भएको छ । यही असोज २१ गते अस्पताल भर्ना भएकी उनको आज बिहान सवा ९ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा ज्वरो, दम लगायतका समस्या थियो ।
प्रतिक्रिया