मायादेवी अनलाइन, चार नम्बर ।
आज विश्व हात धुने दिवस । विश्वमा बच्चा बुढा सबैलाई सरसफाई अनि स्वस्थपनाको जागरण जगाउन हरेक बर्ष अक्टोबर १५ तारिखमा बिश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि मनाउन सुरु गरिएको यो दिवस नेपाल सरकार स्वास्थ मन्त्रालय अनि अन्य बिभिन्न गैर सरकारी संस्थाको अर्थपूर्ण सहभागीतामा यस दिवस भव्यताकासाथ मनाइन्छ ।
तर सन् २०२० को विश्व हातभुने दिवसको दैलोमा आइपुग्दाभने हात धुने दिवस अलिक उदेक लाग्दो छ । विश्वव्यापीकरणको अनेक कदम चालिरहेको विश्व यस वर्ष एक्कासी एउटा भाइरसको कहरले पूर्णबिराम लागे झैं भएको अवस्थामा विश्व फेरि हात सफा गर्ने, संक्रमणवाट जोगिने अनि अनुहार छोप्न मास्कको सहारा लिने मोडमा आइपुग्दा उदेक लाग्दो स्थिति देखिएको हो ।
विश्वभरि नै हात सफा नभएका कारणले नै बिभिन्न रोग अनि संक्रमणहरुका कारण लाखौंले मृत्यू भोगीसकेको तथ्याङ्क छ भने अहिले पनि झाडापखालाको कारण प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु भइरहेको अवस्था छ ।
हात धुने चलन र ब्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको संख्यामा जीवन बचाउन सकिने अवस्था छ । खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ ।
यसरी हात धुँदा साबुन पानी ले मज्जाले मीचीमीची धुन जरुरी छ । विश्वमा हरेक ३ मध्ये एकजना नवजात बालबालिका झाडापखालाले औसतमा संक्रमण हुने तथ्याङ्क छ । हात धुने दिवस मनाई रहँदा कतिपयलाई त हात धुने अवस्था र तरिका नै थाहा छैन ।
विश्व स्वास्थ संगठनका अनुसार निम्न अवस्थामा हात धुन जरुरी हुन्छ
शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्गना चलाएपछि वा कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि , पकाउँनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामी हरुलाई भेट्न अघि र भेटेपछि, धुम्रपान गरेपछि, फोहोर छोएपछि या बगैंचामा काम गरेपछि, जनावरहरुलाई छोएपछि ।
हात कसरी धुने ?
सर्वप्रथम सफा पानीले हात भिजाउने ।
हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने ।
दुबै हत्केलालाई एकआपसमा दलेर औलाका कापसम्म साबुन पूर्याउने ।
यसरी धुँदा हातको पछाडी, नगंका मुनी, औंलाका काप र नारी सम्म मिच्ने ।
धुँदा औंलाका औंठी र घडीहरु निकालेर हात सफा गर्ने (यसो हुँदा औंठी र घडी मुनीका सुष्म जिवाणुहरु पनि पखालेर सफा हुनेछन् ।
धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्न पर्नेछ ।
सफा टाबल या कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ ।
औंठी या घडीहरु पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन ।
प्रतिक्रिया