कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिका ८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा गौडी खोलाको डिलमा गाडेको अवस्थामा बुधबार फेला परेको छ ।
मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला परेको वडासदस्य लालाबहादुर महराले बताए ।
महिलासँगै माछा मार्न गएका उनका देवर अन्दाजी वर्ष २६ का मानसिंह खुनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय झलारीबाट गएको प्रहरीको टोलीले घटनास्थललाई सिल गरी अनुसन्धानको गरिरहेको छ । मृतक महिलाका श्रीमान् प्रकाश खुना महेन्द्रनगर बजारमा काम गर्दै आएका छन् । रासस
प्रतिक्रिया