९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आन्ध्र प्रदेशमा आएको बाढीमा परेर कम्तीमा सात जनाको ज्यान गयो



एजेन्सी ।

भारतको आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा सात जनाको ज्यान गएको छ । आन्ध्र प्रदेश र तेलंगानामा ठूलो पानी परेसँगै त्यो क्षेत्र डुबानमा परेको छ । साथै अत्यधिक बर्षाका कारण आएको बाढीमा कम्तिमा ७ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
तेलंगानाको राजधानी हैदराबादमा गएको २० वर्षमा सबैभन्दा ठूलो पानी परेको खबरमा उल्लेख छ । त्यहाँ हिजो दिउँसोदेखि ठूलो पानी परेपछि जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७ बुधबार ००:००  २ : ५५ बजे