९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वामदेव गौतमविरुद्धको मुद्दा सुुनुवाइ आज पनि स्थगित



काठमाडौं ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्ष वामदेव गौतम विरुद्धको मुद्‍दाको सुनुवाइ स्थगित भएको छ। बुधबार पनि न्यायाधीशहरुको गणपूरक संख्या पुगेकाले मुद्‍दा सुनुवाइ स्थगित स्थगित भएको हो।

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेपछि उनीविरुद्ध मुद्‍दा परेको थियो। उनलाई सर्वोच्च अदालतले मुद्को‍दा किनारा नलागेसम्म थप संवैधानिक नियुक्तिमा रोक लगाएको छ।

न्यायाधीशहरूमा कोरोना देखिएपछि उपाध्यक्ष गौतमको मुद्‍दा पटकपटक सर्दै आइरहेको छ। आजको पनि स्थगित भएपछि उपाध्यक्ष गौतमविरुद्धको मुद्‍दा दशैँघि किनारा लाग्ने सम्भावना नरहेको बुझिएको छ। आजको पनि गौतम विरुद्धको मुद्‍दा अघि नबढेपछि दशैँअघि गौतम विरुद्धको मुद्‍दा सुनुवाइ हुने सम्भावना टुंगिएको हो।

अब शनिबार घटस्थापनापछि देशभरका न्यायालयमा बन्द हुनेछन्। प्रतिनिधिसभा चुनाव हारेका गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिँदै रिटलाई संवैधानिक इजलासमा पठाएको थियो। गौतमले राष्ट्रियसभा सदस्यको शपथ भने लिइसकेका छन्।

प्रकाशित मिति : २८ आश्विन २०७७ बुधबार ००:००  १२ : ३२ बजे