९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु



बुटवल ।
बुटवल कोरोना अस्थायी (विशेष) अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट सुनवल नगरपालिका ४ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

२६ गते लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा आएको उनको २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मुटुको रोग तथा उच्च ग्यास्टिकको समस्या रहेको उनलाई हिजो बुटवल कोरोना अस्थायी विशेष अस्पतालमा रिफर गरी आइसियुमा राखेर उपचार गर्ने क्रममा आज बिहान २ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर बिष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २८ आश्विन २०७७ बुधबार ००:००  ७ : ०५ बजे