९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बिद्यालय जान प्रोत्साहन गर्दै सिद्धार्थले दियो बालिकालाई साइकल



मायादेवी अनलाइन, वाणगंगा ।
सामाजिक क्षेत्रको अग्रणी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रले बिद्यालय बाहिर रहेका बालिकालाई बिद्यालय जान प्रोत्साहन गर्न साइकल बितरण गरेको छ ।

केयर नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रको साझेदारीमा कपिलवस्तु जिल्लाको हरदौना, महाराजगंज र कजरहवामा संचालित उडान परियोजना कार्यक्रम अन्र्तगत बिद्यालय छाडेका र बिद्यालय बाहिर रहेका ४८१ जना बालबालिकालाई बिद्यालय प्रति आकर्षण बढाउन र बिद्यालय जान प्रोत्साहन गर्ने उद्देश्य अनुरुप साइकल बितरण गर्न लागिएको सिद्धार्थ सामाजिक विकास केन्द्रका सचिव रोमकान्त घिमिरेले बताएका छन् ।

आज अन्र्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर सिद्धार्थ सामाजिक विकास केन्द्रका सचिव रोमकान्त घिमिरेले ४० जना बालिकालाई साईकल हस्तान्तरण गरेका छन् ।

सो अवसरमा बोल्दै सचिव घिमिरेले शिक्षा सबैको नैसर्गिक अधिकार भएकाले यसबाट कोही पनी बालबालिका बञ्चित हुन नहुने र अभिभावकले आफ्ना बाबु नानीहरुको उज्वल भविश्यका लागी बिद्यालय जाने वातावरण मिलाउनु पर्ने बताएका छन् ।

हस्तान्तरण कार्यक्रममा उडान परियोजनाका कार्यक्रम संयोजक नारायण घिमिरे, लेखा प्रमुख सीता भुसाल, बालिका र अभिभावकहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७७ बुधबार ००:००  ६ : २७ बजे