मायादेवी अनलाइन, वाणगंगा ।
बन उपभोक्ता महासंघका केन्द्रिय सचिव ठाकुर भण्डारीले वैज्ञानिक बन व्यवस्थापनको सट्टा दिगो बन व्यवस्थापन आवश्यकता रहेको औल्याउनुभएको छ । बैज्ञानिक बन व्यवस्थापनले अर्थ र काठ मात्र हेर्ने गरेको भन्दै केन्द्रिय सचिव भण्डारीले यसलाई खारेज गर्नुपर्ने आशय व्यक्त गर्नुभयो ।
साथै उहाँले बैज्ञानिक बन व्यवस्थापनको सट्टा दिगो बन व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । दिगो बन व्यवस्थापनले आर्थिक, सामाजिक र बातावरणीय पक्ष हेर्ने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको महत्व र मूल्य बढि हुने गरेको बताउनुभयो ।
सामुदायिक बन उपभोक्ता महासंघ कपिलवस्तुले आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै सचिव ठाकुरले पछिल्लो समय वैज्ञानिक वन व्यवस्थापनमाथि सरकारी तवरबाट विभिन्न आशंका उब्जिरहेका बेला उहाँले दिगो बन व्यवस्थापनमा अन्तर्राष्ट्रिय मूल्य र मान्यता बढि रहेको तर्क गर्नुभयो ।
दिगो बन व्यवस्थापनमा उमेर समुह अनुसारका काठ निकाल्दा वैज्ञानिक बन व्यवस्थापन भन्दा बढि काठ उपभोक्ताले पाउने बताउनुभयो ।
पछिल्लो समय वैज्ञानिक बन व्यवस्थापन कार्यविधिबारे सरकारी पक्ष र संसदको सार्वजनिक लेखासमितिद्धारा गठित उप समितिहरुले दिएको प्रतिवेदन सम्बन्धमा महासंघले सही र बेठिकका आधारमा आफनो धारणा सार्वजनिक गरेको बताउनुभयो ।
बन उपभोक्ताको पक्षमा महासंघ निरन्तर लडिरहेको बताउँदै जेठ १५ गतेदेखि सरकारले काठ संकलन कार्यमा रोक लगाए लगत्तै महासंघले सरकारलाई खवरदारी गरिरहेको बताउनुभयो ।
बन निति, ऐन र नियमावली पनि समय सापेक्ष बनाउदै उपभोक्ताको अधिकार कुण्ठित हुने गरी बन्ने निति आफुहरुलाई मान्य नहुने ठोकुवा गर्नुभयो । सरकारले सालका काठ कटान, संकलन र विक्री वितरणमा लगाएको रोकलाई दशै भित्र उक्त निर्णय सच्चाए आफुहरु देशव्यापी आन्दोलनमा उत्रने समेत बताउनुभयो ।
कार्यक्रममा संसदीय समितिको प्रतिवेदन अनुसार कपिलवस्तु जिल्ला अन्तरगत वाणगंगा नगरपालिका भित्रका सामुदायिक बनहरुमाथि निराधार लगाएको आरोप फिर्ता लिनुपर्ने बताउदै यदि कसैले गलत गरेको भए छानविन गरी कार्यवाही गर्नुपर्ने माग गरिएको छ ।
बन ऐन, नियमावली र निर्देशिका वमोजिम कार्ययोजना तयार गरी नियम संगत काम गरेकोमा अनियमितता भएको भन्ने कुरा तथ्यहिन भएको महासंघका जिल्ला अध्यक्ष हुमनाथ भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा सामुदायिक बनका अध्यक्षहरुले बनका कर्मचारीले सामुदायिक बनका पदाधिकारीलाई अनावश्यक दुख दिने प्रबृति बढेको समेत बताएका थिए ।
कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष हुमनाथ भट्टराईको संचालन र सचिव शारदा परियारको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया