बुटवल ।
लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत आइतबार कोरोना परीक्षण गरेकोमा मंगलबार उनको रिपोर्ट पोजेटिभ आएको हो ।
उपसभामुख थारुले आफूलाई कोरोना पुष्टि भएको भन्दै आफूसँग सम्पर्कमा आएका सबैलाई सतर्क रहन अनुरोध गरेकी छन् । उनमा कोरोना लक्षण भने केही नभएको उपसभामुख सचिवालयले जनाएको छ ।
यसअघि लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्ती, आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी, सांसद दधिराम आचार्य र डिल्ली चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया