मायादेवी अनलाइन, तौलिहवा ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुखलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। असोज २४ गते लिइएको स्वाबमा प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी सहित २ प्रहरीमा कोरोना देखिएको पुष्टि भएको हो ।
कपिलवस्तुमा डिएसपी धर्मराज भण्डारीलाई पनि कोरोना सङ्क्रमण निको भई काममा फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३, शिवराज नगरपालिकामा ३ र कपिलवस्तु नगरपालिकामा २ गरी ८ जनामा कोरोना पुष्टि भएको छ।
योसँगै कपिलवस्तुमा १ हजार ४ सय २२ जनामा कोरोना संक्रमिण भइसकेको छ। जिल्लामा १ सय ८ जना सक्रिय संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेश घिमिरेले बताए। कपिलवस्तुका २ स्थानीय तहमा कोरोना संक्रमित संख्या शून्य छ।
प्रतिक्रिया