९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आइपिएलमा मध्य–ट्रान्सफर आजबाट, सन्दीप अर्को टिममा जालान् ?



एजेन्सी ।

विश्व चर्चित टी–ट्वान्टी फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को झण्डै आधा खेल सकिएका छन् । लिगको मध्य खेल सकिएपछि एक टिमले अर्को टिमका खेलाडी ट्रान्सफर गर्न पाउने छन् । आधा खेल अर्थात सबै टिमले कम्तीमा ७ खेल खेलेपछि लिगमा एक टिमबाट अर्को टिममा खेलाडी ट्रान्सफर गर्न पाउने भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को प्रावधानमा उल्लेख छ ।

लिगको नियम अनुसार ७ खेल खेलेपछि टिमले अर्को टिमका खेलाडी साट्न पाउने छन् । जसमा ट्रान्सफर हुने खेलाडीले भने सो संस्करणमा २ भन्दा कम खेल खेलेको हुनुपर्ने छ ।गयराति रोयल च्यालेंजर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीचको खेल लगत्तै सबै टिमको ७ खेल पुरा भएसंगै
लिगको मध्य ट्रान्सफर सुरु भएको हो ।

बीसीसीआईले सन् २०११ मा मध्य सिजन खेलाडी ट्रान्सफर गर्न पाउने बताएपछि फ्रेन्चाइज टिमले मध्य सिजनमा कमजोरी देखिएको क्षेत्रमा खेलाडी साट्ने गरेका छन् । कोरोना माहामारीको कारण युएईमा जारी १३ संस्करणको आईपीएलमा थुप्रै स्टार खेलाडी बेन्चमा सिमित छन् ।

किङ्स इलेभन पञ्जाबका क्रिस गेल, मुजीब उर रहमान तथा चेन्नाई सुपर किङ्सका इमरान ताहिर, जोस हेजलउड तथा मुम्बईका मिचेल मेकक्लेनाघन, क्रिस लिन तथा रोयल च्यालेन्जर्स बैंगलोरका डेल स्टेन, क्रिस मोरिस तथा सनराइजर्स हैदराबादका मोहमद नाबी तथा दिल्ली क्यापिटल्सका सन्दीप लामिछाने जस्ता स्टार खेलाडी ट्रान्सफरका लागि योग्य छन् ।

हालसम्मको अंक तालिकाको हेर्दा कमजोर मानिएका केही टिमले शीर्ष स्थान ओगटेका छन् भने बलियो मानिएका टिम पुछारमा छन् । त्यसैले यस ट्रान्सफर निकै रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।

नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने यस सिजन कुनै खेल खेलका छैन् । उनको टिम दिल्लीले समेत लिगको ७ खेल पुरा गरिसकेको छ । दिल्लीले ७ खेलमा ५ जित सहित १० अंक जोड्दा तालिकाको दोस्रो स्थानमा छ ।समान अंक पाएको साबिकको विजेता मुम्बई नेट रन रेटको आधारमा शीर्ष स्थानमा छ ।

लिगको सुरुवातमा आश्विन चोटको कारण खेल गुमाउँदा समेत सन्दीपले मौका पाएका थिएनन् । पटक पटक स्पिनरले चोट बोक्दा समेत सन्दीपले कुनै मौका नपाउनुमा क्रिकेट विश्लेषक समेत छक्क परेका छन् । त्यसैले आज सन्दिपले दिल्ली छोड्लान् या त्यहँि बस्लान् साँझसम्म थाहा हुने छ ।

ट्रान्सफर गर्न पाउने नियम

१० फ्रेन्चाइज टिमले अर्को टिमको खेलाडी अनुबन्धन सिजनको मध्यबाट गर्न पाउनेछन्

२० ट्रान्सफर हुने खेलाडीले २ भन्दा धेरै खेल खेलेको हुनु हुँदैन

३० ट्रान्सफर हुन सबै टिमले ७ खेल खेलेको हुनुपर्छ

प्रकाशित मिति : २७ आश्विन २०७७ मंगलबार ००:००  ६ : ०८ बजे