९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आईपीएलः बैंगलोरले दियो कोलकत्तालाई १९५ रनको लक्ष्य



एजेन्सी ।
रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सलाई जितका लागि १ सय ९५ रनको लक्ष्य दिएको छ ।

सारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनायो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै आरोन फिन्चले ४७ रन जोड्दा देवदुत पडीक्कलले ३२ रन बनाए । कप्तान विराट कोहली ३३ रनमा अविजित रहे ।

कोलकत्ताका प्रशिद्द कृष्ण र आन्द्रे रसेलले १र१ विकेट लिए ।

आज बैंगलोर पाँचौ जितको खोजीमा रहेको छ । अघिल्ला ६ खेलमा बैंगलोरले ४ जितसहित ८ अंक जोडेको छ ।

बैंगलोर चौंथो स्थानमा रहेको छ । कोलकत्तालाई हराएर बैंगलोर शीर्ष दुई भित्र उक्लन चाहन्छ ।

कोलकत्ता पनि पाँचौ जितको खोजीमा रहेको छ । ६ खेलमा ८ अंक जोडेको कोलकत्ता तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७ सोमबार ००:००  ९ : ३७ बजे