९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अझै अन्तर्राष्ट्रिय सीमा नाका नखोल्ने सरकारको निर्णय



काठमाडौं ।
सरकारले कोरोना भाइरसको महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि नेपालसँग सीमा जोडिएका अन्तराष्ट्यि सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रिले जानकारी दिए ।

त्यस्तै बैठकले मानवअधिकारसम्बन्धी ५ वर्षीय कार्ययोजना पारित गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७ सोमबार ००:००  ९ : २० बजे