मायादेवी अनलाइन, चार नम्बर ।
महिला शक्ति विकास केन्द्र नेपालले सोमबार सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७६।०७७ मा जिल्लामा संचालन गरेका कार्यक्रमबारे सामाजिक परिक्षण सम्पन्न गरेको हो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले प्रमुख अतिथिको रुपमा बोल्दै संस्थाले जिल्लामा महिला शसक्तीकरणका लागि संचालन गरेको कार्यक्रम सह्रायिन रहेको बताउनुभयो ।
आर्थिक रुपमा महिला सक्षम भए महिलाहरु हिंसाको शिकार हुनुनपर्ने बताउदै महिलाहरु बचत संकलन मात्र नभई उत्पादनमुलक कार्यमा लगानी लगाउनुपर्ने समेत औल्याउनुभयो ।
उहाँले महिलाहरु, सामाजिक, आर्थिक, राजनैतिक लगाएत चौतर्फी विकास भएमात्र नेपाल सरकारको “खुसी नेपाली समृद्ध नेपाल” को नारा साकार हुने बताउनुभयो ।
कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष विष्णु पौडेलले बोल्दै संस्थाले संचालन गरेका प्राय सबै कार्यक्रममा आफु सहभागी भएको बताउदै संस्थाले संचालन गर्ने तालिम महिलाहरुका लागि अत्यन्तै प्रभावकारी भएको औल्याउनुभयो ।
उहाले महिला शसक्तिकरणका लागि संस्थाले मेहनत गरे अनुसार नै समुहका महिला दिदी बहिनीहरुलाई पनि मेतहत गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा, शिक्षा शाखा अधिकृत खिमबहादुर जि.सी, कृषिशाखा प्रमुख लेसबहादुर केसी, पशुशाखा प्रमुख राजकुमार तिवारी, महिला तथा बालबालिका शाखा प्रमुख शुशिला पन्थ लगाएतले बोल्नुभएको थियो ।
संस्थाकी क्षेत्रिय संयोजक जानकी चौधरीको अध्यक्षता, कोर लिडर सावित्रा थारुको स्वागत मन्तव्य तथा रिना थारुको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया