९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दाङमा किशोरीमाथि सामूहिक बलात्कार



दाङ ।
दाङको तुलसीपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी १७ वर्षीया एक किशोरीमाथि खाली घरमा लगेर सामूहिक बलात्कार गरेको पीडित किशोरीले जाहेरी दिएकी छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार पीडितले तुलसीपुर ५ का १८ वर्षीय विष्णु बुढाथोकी र तुलसीपुर ७ निवासी १८ वर्षका करण सार्कीले मानिस नबस्ने रित्तो घरमा लगेर सामूहिक बलात्कार गरेको जोहरीमा उल्लेख गरेकी छन् ।

आरोपित दुबै किशोर फरार रहेको डिएसपी शाहीले बताए। उनीहरूको खोजी भइरहेको सिंहले जानकारी दिए ।

पीडितले दिएको जाहेरीमा असोज २२ गते राति ११ बजे तुलसीपुर ५ रानी जरुवा क्षेत्रको एउटा रित्तो घरको भान्सा लगेर उनीहरूले सामूहिक बलात्कार गरेको उल्लेख गरेकी छन् । उनीहरूले ती किशोरीलाई असोज २३ गते पनि बन्धक बनाएर राखी बलात्कार गरेको निवेदनमा उल्लेख गरेकी छन् ।

आमा बाबु नभएकी र हजुर आमासँग बस्दै आएकी ती किशोरी बेपत्ता भएपछि खोजी गर्दै जाने क्रममा उनी बाटोमा रुँदै हिँडिरहेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

‘सामूहिक बलात्कार गर्ने चिनजानकै साथीहरू रहेछन्,’ एक प्रहरी अधिकारीले भने ‘विश्वासमा परेर उनी बेलुकी घुम्दै झुलुंगे पुलसम्म गएकीलाई उनीहरूले ललाई फकाई गरेर रोकेर रातिमा सामूहिक बलात्कार गरेको भन्ने खुल्न आएको छ ।’

बेलुकी पख केटी साथीहरू सँगै घुम्दै गएकी उनलाई उनीहरूले बोलाएर लगेर सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ ।

सामूहिक बलात्कारमा परेकी किशोरी अलि सोझी हुनु र चिनजानकै साथीहरू भनेर विश्वासमा परेको हुँदा सामूहिक बलात्कारको सिकार भएको अनुमान भइरहेको ती प्रहरी अधिकारीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७ सोमबार ००:००  ५ : ३८ बजे