९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

उप-समितिको प्रतिवेदनप्रति श्रीङ्गीघाट सामुदायिक बनको ध्यानाकर्षण



मायादेवी अनलाइन, चार नम्बर ।
बैज्ञानिक बन व्यवस्थापन अध्ययन उप समितिद्धारा कपिलवस्तुको श्रीङ्गीघाट सामुदायिक बन उपभोक्ता समूहको नाम तोकेर निकालेको प्रतिवेदन प्रति बनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिद्धारा गठित उपसमितिले श्रीङ्गीघाट सामुदायिक बनको समेत नाम उल्लेख गरी नभएका र नगरिएका कपोकल्पीत आरोपहरु उल्लेख गर्दै प्रतिवेदन तयार गरि सम्बन्धित निकायमा बुझाएको बनको ठहर छ । उक्त आरोप सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट जानकारी पाएको बनका अध्यक्ष रेनु सेन र सचिव कृष्ण पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अनुगमन समितिले कहिले कहाँ, कसरी आई सरोकारवालासंग भेट गरि प्रतिवेदनमा यस सामुदायिक बनको नाम जोडियो स्पष्ट होस भन्ने माग गरेको छ ।

उप समितिको प्रतिवेदनमा श्रीङ्गीघाट सामुदायिक बनको नाम तोक्दै वाणगंगा केही सामुदायिक बनले स्विकृत विधान र कार्ययोजना अनुसार कार्य नभएको, सम्बन्धित निकायमा कार्य विवरण प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, बैकिंङ कोरोना भएको, नियमानुसार रुखहरु कटान मुछान नगरेको, कटान मुछानमा अनियमिता भएको, दाउरा विक्रीवितरण नियम अनुसार नभएको, दाउरालाई गोप्य सिलबन्दी बोलपत्रद्धारा लिलाम नगरेको जस्ता आरोप उल्लेख छ ।

तर, श्रीङ्गीघाट सामुदायिक बनले यी आरोप कपोल्पीत भएको भन्दै आरोपमा कुनै सत्यता नभएको जनाएको छ । आवश्यक परे सम्बन्धित निकायमा कागजात पेश गर्ने पनि विज्ञप्ति मार्फत जनाएको छ ।

उप समितिले लगाएको यी आरोपको भ्रममा नपर्ने पनि बनले आफ्ना उपभोक्ता समक्ष आग्रह गरेको छ । साथै समितिलाई पुनः अनुगमन गरेर सत्य, तथ्य सार्वजनिक गर्न बनले आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७ सोमबार ००:००  ४ : ४५ बजे