मायादेवी अनलाइन, चार नम्बर ।
बाणगंगा नगरपालिकाको वडा नम्बर ११ मा सम्पन्न प्रथम वडाध्यक्ष कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि ओदारीले जितेको छ । ओदारी कभर्ड हलमा ३ दिनसम्म भएको प्रतियोगितामा बिभिन्न २६ ब्याडमिन्टन जोडीलाई पछि पार्दै ओदारीका आदित्य थारु र सानू थारुले उपाधि जितेका हुन् । निकै रोचक उपाधि भीडन्तमा आदित्य जोडीले ओदारीकै राजेश थारु र बसन्त कडेलको जोडीलाई २–१ को सेटमा हरायो ।
पहिलो सेटमा राजेशको जोडीले १८–२१ को सेटमा जित हासिल गरे पनि दोश्रो सेटमा भने आदित्यको जोडीले उत्कृष्ट पुनरागमन गरी राजेशको जोडीलाई १२ – २१ को लज्जास्पद हार चखायो । ३ सेटमा एक-एकको बराबरी भएपछि दर्शकहरुमा पनि तेश्रो सेट जितेर कसले उपाधि चुम्न सक्छ भन्ने ब्यग्र प्रतिक्षामा थिए ।
त्यसपछि दुवै टिम दर्शकको तालीसहित कोर्टमा प्रवेश गरे । दोश्रो सेटमा हार खाएको राजेशको जोडीको तेश्रो सेटको सुवातमा पनि लय बिग्रियो । त्यसैको फाइदा उठाउँदै आदित्यको टोलीले उत्कृष्ट खेल पस्कयो । मध्यतिर आउँदा भने राजेशको जोडीले राम्रो लय लिए पनि अन्त्यसम्म ४ अंकले पछि रहँदा आदित्यको जोडीले २१ – १७ अंकमा स्तब्ध पार्दै प्रथम वडाध्यक्ष कपको उपाधि उचाल्यो ।
उपाधिसंगै उसले नगद रु १६ हजार शिल्ड र प्रमाण पत्र पायो भने उत्कृष्ट खेल पस्केर पनि अन्त्यमा निरास हुन पुगेको राजेशको टोलीले उपविजेतामा चित्त बुझउँदै नगद रु. ८ हजार शिल्ड, मेडल र प्रमाण पत्र पायो । उनीहरुलई नगर प्रमुख मंगल प्रसाद थारु र ११ नम्बर वडाका वडाध्यक्ष सोमनाथ अर्याल, ओदारी ब्याडमिन्टन क्लवका अध्यक्ष मनोहरकुमार योगीले पुरस्कार प्रदान गर्नु भएको थियो । वडाध्यक्ष अर्यालले प्रथम हुने जोडीलाई थप हौसला दिन ४ हजार ४ सय पर्ने २ वटा र्याकेट दिनु भएको थियो ।
यस्तै भेट्रान्स (४० बर्ष) माथि तर्फको उपाधि लक्ष्मणघाटका कल्याण टण्डन र बासुदेव थापाले जिते । रोचक फाइनलमा उप्टहवाको टिबी थापा र नर बहादुर (गलेन) को जोडीलाई २–१ को सेटमा हराएको थियो ।
भेट्रान्सतर्फ १२ जोडीले भाग लिएका थिए । ब्याडमिन्टन प्रतियोगितासंगै गत असोज २४ गते ओदारी कभर्ड हलको उद्घाटन गरिएको थियो ।
प्रतिक्रिया