९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भारत–चीन सीमा विवाद कम गर्न सैन्य कमाण्डरबीच आज वार्ता



एजेन्सी ।

सीमा क्षेत्र पूर्वी लद्दाखमा जारी तनाव अन्त्यका लागि भारत र चीनका सैन्य कमाण्डरबीच आज वार्ता हुँदैछ।

वार्तामा दुवै देशका कुटनीतिज्ञसमेत सहभागी हुने जनाइएको छ। भारतीय संचारमाध्यमहरुका अनुसार कुटनीतिज्ञसहित पहिलो पटक वार्ता हुन लागेको हो। तर यस क्षेत्रमा जारी तनाव अन्त्यका लागि भन्दै यसअघि ६ पटकसम्म वार्ता भइसकेको छ। वार्तामा चिनियाँ विदेश मन्त्रालयका उच्च अधिकारी पनि सहभागी हुनेछन्।

यसअघि २१ सेप्टेम्बरमा भएको छैटौँ वार्तामा भारतका तर्फबाट कुटनीतिज्ञ, विदेश मन्त्रालयका सहसचिवलगायत सहभागी भएका थिए। १० सेप्टेम्बरमा भारतीय विदेश मन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी बीच मस्कोमा भेटवार्ता भएको थियो।

भेटवार्तामा विभिन्न पाँचवटा बुँदामा सहमति भए पनि सीमा क्षेत्रमा तनाव जारी रहेको थियो। दुबै देशले एक अर्को देशका सैनिकले सीमा नियन्त्रण रेखा पार गर्ने गरेको आरोप लगाउँदै आएका छन्।

पछिल्लो समय चिनियाँ सैनिक पिएलएले भारतीय सैनिकले सीमा रेखा तोडे गोली चलाउने चेतावनी दिइसकेको छ। यसअघि लद्दाखमा दुई देशका निशस्त्र सैनिकबीचको झडपमा भारतीय सैनिकका एक मेजरसहित २० सैनिकको मृत्यु भएको थियो।

प्रकाशित मिति : २६ आश्विन २०७७ सोमबार ००:००  १० : ४८ बजे