९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेसन्स लिगः इंग्ल्याण्डले बेल्जियमलाई हरायो



एजेन्सी ।
यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले बलियो प्रतिद्वन्दी बेल्जियमलाई हराएको छ । वेम्बली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर इंग्ल्याण्डले जित निकालेको हो । इंग्ल्याण्डको जितमा मार्कस रासफोर्ड र मासन माउन्टले एक/एक गोल गरे ।

बेल्जियमका रोमेरो लुकाकुले एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता भने बेल्जियमले बनाएको थियो । खेलको १६ औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

खेलको ३९औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काए । खेलको ८५औं मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्याण्डलाई २-१ को जित दिलाए ।

जितसँगै इंग्ल्यान्ड लिग ‘ए’ समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको छ । दोस्रो स्थानको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७ सोमबार ००:००  ७ : ०३ बजे