मायादेवी अनलाइन, तौलिहवा ।
‘मेरो आवाज, हाम्रो भविष्य बरावरी’ होस भन्ने नाराका साथ ९ औ अन्तर्राष्ट्रिय बालिका दिवस शुद्धोधन गाउँपालिकाको लवनीमा मनाइएको छ । गाउँपालिका स्तरिय किशोरी संजालको आयोजनामा मनाइएको कार्यक्रममा परम्परागत नकरात्मक धारणा विरुद्धको लागि बालिका अधिकार सम्वन्धी अन्र्तरक्रिया गोष्ठि गरि दिवस मनाइएको हो ।
कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले वालिकाको हकहित र चौतर्फी विकासमा गाउँपालिकाले निरन्तर रुपमा काम गर्दै आएको र आगामी दिनमा पनि बालिकाको विकासको लागि सधै लाग्ने बताए ।
संजालकी अध्यक्ष शेषकला पाण्डेको अध्यक्षता र रेनु मौर्याको संचालनमा सम्पन्न कार्यक्रममा वडा नं १ का अध्यक्ष तिलकराम यादव, २ नं का अध्यक्ष मनोज कुमार यादव वडा नं ३ का अध्यक्ष महिबुद्धिन मुसलमान स्वास्थ्य संयोजक अस्फाक अहमद खाँ, कालिका संस्थाकी कार्यक्रम संयोजक शान्ता पौडेल लगायतले दिवसको महत्व र वालिकाको हक अधिकारको बालेमा वोलेका थिए ।
गाउँपालिकाको समन्यव र एम्पलिफाई चेन्ज कालिका स्वावलम्वन सामाजिक विकास केन्द्रको आयोजनाका कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया