काठमाण्डौ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ज्वरो आएपछि शनिबार पाटन अस्पतालमा भर्ना हुनुभएका मन्त्री पोखरेलको आइतबार बिहान भएको परीक्षणमा कोरोना पुष्टि भएको उहाँको सचिवालयले जनाएको छ ।
पोखरेलको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ । मन्त्रीलाई कोरोना देखिएपछि उहाँको परिवार र सचिवालयका कर्मचारीको पनि परीक्षण हुँदैछ ।
प्रतिक्रिया