चितवन ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट वडाध्यक्षको निधन भएको छ । भरतपुर महानगरपालिका-२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणबाट निधन भएको हो । उनी २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
उनकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड-१९ क्लिनिकका संयोजक डा. प्रमोद पौडेलले जानकारी दिए ।
उनका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही २३ असोजमा अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया