९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पाकिस्तानमा पनि टिकटक प्रतिबन्ध



एजेन्सी ।

सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरूको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरूले प्रतिबन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो । 

ुअनैतिक सामग्रीु भएको निष्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देशभित्र प्रतिबन्ध लगाउने निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भए पनि चिनियाँ एपलाई मुलुकभित्र प्रतिबन्ध लगाउनु पर्ने बाध्यता सिर्जना भएको अधिकारीहरूको भनाइ छ ।

टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उल्लंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिबन्ध लगाउनु परेका उनीहरूले बताएका छन् । पाकिस्तानी दूरसञ्चार प्राधिकरणद्वारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरू परेको उल्लेख गरिएको छ । 

मुस्लिम संस्कार अनुसार महिलाले बुर्का लगाउनु पर्ने, शारीरिक अंगहरू प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृति व्यवस्था भए पनि टिकटक प्रयोगकर्ताले त्यसलाई उल्लंघन गरेको उजरीकर्ताको दाबी छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७ शनिबार ००:००  २ : ४६ बजे