बुटवल ।
लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दधिराम न्यौपानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार गरिएको द्रुत स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको न्यौपानेले बताए ।
उनलाई रातिदेखि ज्वरो आएको थियो । ज्वरो बढ्दै र शरीर कमजोर हुँदै गएपछि उनले लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गरेका थिए । बिहान ९ बजे आएको नतिजामा उनमा कोरोना पुष्टि भएको हो । उनी अहिले आफ्नै निवासको आइसोलेसनमा छन् ।
शुक्रबार दिउँसो मात्रै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीमा कोरोना पुष्टि भएको थियो ।
प्रतिक्रिया