काठमाडौं ।
सरकार र डा गोविन्द केसीतर्फका प्रतिनिधिबीच बसेको वार्ता दोस्रो पटक पनि बिना निष्कर्ष टुंगिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार राति बसेको वार्ता बिना निष्कर्ष टुंगिएको हो ।
सरकारले सत्याग्रहको २४ औं दिनमा वार्ता समिति बनाएको थियो । तर समिति बनाएको दोस्रो दिन बिहीबार पहिलो र शुक्रबार दोस्रो चरणको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।
डा केसीका पक्षका समितिका संयोजक डा जीवन क्षत्रीले बिहीबार बसेको वार्ता निकै सकारात्मक रहेको बताएका थिए ।
तर शुक्रबार राति भएको वार्तामा सरकार पछि हटेको देखिएको उनले बताए । अन्तिम रुप दिइ नसकेको हुँदा अहिले भन्न सहमति भएको भन्ने नमिल्ने सरकारी वार्ता टोलीका सदस्यले बताएको उनले जानकारी दिए ।
शनिबारबाट देशैभर डा। केसीको जीवन रक्षाका लागि थप आन्दोलन गर्ने उनले बताए । शिक्षा मन्त्रीको गैरजिम्मेबारीपनले डा केसीको ज्यान जोखिममा परेकोसमेत उनले बताए ।
उनका अनुसार सरकारको अमानवीय रवैयाविरुद्ध तथा डा केसीको जीवरक्षाको लागि थप कडा सशक्त आन्दोलनका कार्यक्रमहरु ल्याउने उनले चेतावनी दिए ।
प्रतिक्रिया