९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लुम्बिनी प्रदेशका सभामुखमा देखियो कोरोना



बुटवल ।
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना पाजेटिभ देखिएको प्रदेश सभा सचिवालयले पुष्टि गरेको छ ।

बिहीबारदेखि ज्वरो आएर स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान द्रुत स्वाब परीक्षणमार्फत उनको पिसिआर जाँचिएको थियो । कोरोना पुष्टि भएपछि उनी सरकारी निवासको आइसोलेसनमा बसेका छन् । स्वास्थ्यमा थप समस्या देखिए मात्रै अस्पताल जाने बताइएको छ ।

लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना संक्रमण यसअघि आज बिहानै गरेको कोरोना परीक्षणमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सभामुख र मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशका अन्य हाई प्रोफाइलका व्यक्ति पनि जोखिममा परेका छन्। गत मंगलबार मात्रै प्रदेश सभा बैठकमा सहभागी भएका सभामुख घर्ती र मन्त्री केसीलाई संक्रमण भएपछि अन्यमा पनि संक्रमणको जोखिम बढेको छ ।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेल लगायत सरकारका मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरु समेत सहभागी थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७७ शुक्रबार ००:००  ८ : ०० बजे