काठमाडौं ।
सरकार र आमरण अनसनरत डा गोविन्द केसीबीच सहमतिको तयारी भइरहेको छ । उच्च स्रोतका अनुसार सहमतिका बुद्धाहरुमा दुबै टोली समहत भइसकेका छन् । केहीबेरमा सरकार र डा केसीको तर्फबाट बनेको वार्ता टोली बस्ने र सहमतिलाई औपचारिकता दिनेछ । त्यसपछि आजै अनसन तोड्ने तयारी रहेको उच्च स्रोतले बताएको छ । शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए ।
बिहीबार सहमति हुन नसकेको विषय डा। केसीको ६ बुँदे मागको चौथो बुँदा थियो । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो । स्रोतका अनुसार विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको छ ।
प्रतिक्रिया