९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गोरखामा थप १४ जना प्रहरीमा कोरोना पुष्टि



गोरखा ।

जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत थप १४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । असोज २० गते नमुना संकलन गरी परिक्षणका लागि पठाएको १४ जना प्रहरी र भारतबाट आई होम क्वारेन्टाइनमा बसेकी २२ वर्षीया महिलाको रिपोर्ट शुक्रबार पोजिटिभ आएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए ।

गत सोमबार गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो प्रहरी चौकीमा कार्यरत आठ प्रहरी तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १ गरी नौ प्रहरीमा कारोना संक्रमण पुष्टि भएको थियो । सोमबार संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङका क्रममा थप १४ जना प्रहरीमा शुक्रबार संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई बाह्रकिलो प्रहरी चौकीमा आइसोलेसन बनाएर राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७७ शुक्रबार ००:००  २ : ४४ बजे