९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

परराष्ट्र सचिवमा भरत पौडेल



काठमाडौं ।

भरत पौडेल परराष्ट्र मन्त्रालयका सचिव भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका बरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो।

नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन्। यसअघि सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो। बैरागी मुख्यसचिव बनेपछि पौडेलले परराष्ट्रका निमित्त सचिवको भूमिका निभाएका थिए।

स्याङ्जाका ५४ वर्षीय पौडेल पाकिस्तानका लागि राजदूतसमेत भएका थिए। निमित्त सचिव हुनुअघि सम्म उनी परराष्ट्र प्रवक्ता थिए।

सन् १९९२ मा अधिकृत बनेका उनी दश वर्षपछि उनी परीक्षा पास गरेर परराष्ट्रको उपसचिव बनेका थिए। २०१० मा राहदानी विभागको महानिर्देशक भएका उनी २०१२ देखि २०१६ सम्म पाकिस्तानका लागि आवासीय राजदूत बनेका थिए।

उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट डिप्लोम्याटिक स्टडिजमा पोस्ट ग्रयाजुयट डिग्री गरेका छन् भने हेगको इन्टरनेशनल इन्स्टिच्युट अफ सोसल स्टडिजबाट इन्टरनेशनल डेभलपमेन्टमा मास्टर्स गरेका छन्।

प्रकाशित मिति : २३ आश्विन २०७७ शुक्रबार ००:००  १ : ०२ बजे