एजेन्सी ।
मैत्रीपूर्ण फुटबल खेलमा पोर्चुगल र स्पेनले गोल रहित बराबरी खेलेका छन् । नेसन्स लिगको तयारीका लागि दुवै टिम मैत्रीपूर्ण खेलमा उत्रिएका थिए ।
लुइस एनरिके नेतृत्वको स्पेनले पहिलो हाफ नियन्त्रणमा राखेको थियो । तर दुई पटकको प्रहार क्रसबारमा लागेर फर्किएपछि पोर्चुगल अभागी बन्यो ।
युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र रेनेटो साञ्चेजको प्रहार क्रसबारमा लागेपछि पोर्चुगलले अग्रताको अवसर गुमाएको थियो ।करिब ५० हजार दर्शक क्षमताको जोस अलवलेड स्टेडियममा करिब २५ सय दर्शकलाई प्रवेश अनुमती प्रदान गरिएको थियो ।
दुवै टिम सन् २०१८ को विश्वकप पछि पहिलो पटक मैदानमा भेटिएका थिए । रोनाल्डोको ह्याट्रिक प्रेरित पोर्चुगलले विश्वकपमा स्पेनसंग ३–३ गोलको बराबरी खेलेको थियो । उल्भ्सका विङ्गर एडम ट्रोरेले दोस्रो हाफमा स्पेनका लागि डेब्यु गरेका थिए । उनी गोलको नजिक समेत पुगेका थिए । तर पोर्चुगलका पेट्रिसियोले त्यसलाई असफल बनाए ।
खेलको अन्तिममा एट्लेटिको मड्रिडका आक्रमक मिडफिल्डर जोआओ फिलिक्सको प्रहारलाई स्पेनका किपा एरिजाबलागाले राम्रो बचाउ गरेका थिए ।
सर्जियो रामोसले स्पेनका लागि १ सय ७३ औं खेलमा मैदान उत्रिएका थिए । उनले समेत स्पेनलाई जित नजिक पुर्याउन खोजेका थिए । तर उनको हेड पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
प्रतिक्रिया