एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत यो सिजन म्यानचेस्टर सिटीले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी लीड्स युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको छ ।
१७ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गले गोल गरी म्यानचेस्टर सिटीलाई अग्रता दिलाए । लीड्सका लागि ५९ औँ मिनेटमा रोड्रिगोले बराबरी गोल गरेका हुन् । लीड्ससँग बराबरीमा रोकिएको म्यानचेस्टर सिटीले तीन खेलबाट मात्रै चार अंक जोडेको छ ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ४–०, एभर्टनले ब्राइटनलाई ४–२ तथा न्यूक्यासलले बर्नलीलाई ३–१ ले पराजित गरेको छ ।
प्रतिक्रिया