८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

राजधानी अभियान्ता भन्छन्ः १२ जिल्लाकै साझा विन्दु कपिलवस्तुको उपेक्षा भयो




मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु स्थायी राजधानी अभियानको आज बसेको आकस्मीक बैठकले प्रदेश सरकारको मन्त्री परिषदको बैठकले स्थायी राजधानी भालुवाङ्ग क्षेत्र तोकेको सन्दर्भमा यस कपिलवस्तु स्थायी राजधानी अभियानको गंभिर ध्यानाकर्र्षण भएको छ ।

ऐतिहासिकता, भौगोलिकता, जनसंख्या, क्षेत्रफल र सुरक्षा लगायतका सबै हिसावले कपिलवस्तु स्थायी राजधानी उपयुक्त रहदा रहदै पनि कपिलवस्तुलाई उपेक्षा गरीनु कुनै पनि हिसाबले मुनासिव नभएकोले अभियानको ठहर छ ।

राजधानी सम्बन्धी उक्त निर्णय सच्चाई कपिलवस्तुलाई नै स्थायी राजधानी तोक्न सम्बन्धित निकायको ध्यानकर्षण गराउदछौ । उक्त निर्णय नसच्चाई बेवास्ता गरेमा चरणवद्ध आन्दोलनका कार्यक्रमहरु तय गरिने कपिलवस्तु स्थायी राजधानी अभियानका संयोजक पोमनायण पौडेलद्धारा जारी विज्ञप्ती उल्लेख छ ।

यसैबीच कपिलवस्तु स्थायी राजधानी बनाउनु पर्दछ भन्ने अभियान्ता डोलकराम घिमिरेले पनि राजधानी सम्बन्धमा प्रदेश सरकारले गरेको निर्णयले कपिलवस्तुवासीको विश्वास गुमाएको बताउनुभएको छ । उहाँले ५ नम्बर प्रदेशको भुगोलको बनोट र हरेक आर्थिक, सामाजिक दृष्टिकोणले पायक पर्ने कपिलवस्तु जिल्लालाई प्रदेशको राजधानी बनाउनुपर्ने माग राख्नुभएको छ ।

नेपाली काँग्रेसको शुभेच्छुक संघसंस्था केन्द्रिय विभागका सदस्य तथा पूर्व महासमिति सदस्य समेत रहनुभएका डोलकराम घिमिरले स्थायी राजधानी सम्बन्धमा प्रदेश सरकारले गरेको निर्णय कपिलवस्तु बासीका लागि अमान्य हुने बताउनुभयो ।

उहाँले प्रदेश ५ को राजधानी उपयुक्त स्थान बुद्ध क्रिडास्थल ऐतिहासिक प्राचिन कपिलवस्तुलाई राजधानी तोकेर प्रदेश ५ सवै नागरिकलाई न्याय हुने ठोकुवा गर्नुभएको छ । उहाँले प्रदेश राजधानीका विषयमा पुर्नविचार नभए कपिलवस्तुमा आन्दोलन चर्काउने समेत बताउनुभयो । राजधानीको विषयमा कोही कतैबाट विवादित नहुने प्रदेशको १२ जिल्लाकै साझा विन्दु कपिलवस्तुलाई राजधानी नछानेर नेताहरुले यस पावन भूमिको उपेक्षा गरेको उनीहरुले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०७७ शनिबार ००:००  ८ : २७ बजे