मायादेवी अनलाइन, चार नम्बर ।
लायन्स क्लव अफ कपिलवस्तुका सदस्य विष्णु प्रसाद घिमिरेले आफ्नो जन्म दिनमा प्राकृतिक विपत्तिमा परेका परिवारलाई मनग्य आर्थिक सहयोग गर्नु भएको छ ।
बाणगंगा निवासी घिमिरेले आफ्नो ४३ औँ जन्मसदिनको अवसरमा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ का पहिरोबाट विस्थापितहरुलाई १५ हजार नगद आर्थिक सहयोग गर्नु भएको हो ।
शनिबार शितगंगाको रोजिया पुगेर जोख्लेगैरा, कोठिया, मैदाना लगायतबाट विस्थापित भएका परिवारलाई थोरै भए पनि राहत पुग्न सकोस् भन्ने उदेश्यले आर्थिक सहयोग गरेको बताउनु भयो ।
सहयोग रकम १२ नम्बर वडाका वडाध्यक्ष बाबुराम गैरेले ग्रहण गर्नु भएको थियो । रकम ग्रहण गर्दै प्रमुख अतिथि गैरेले लायनकर्मीको यो अभियान निकै राम्रो भएको भन्दै घिमिरेको प्रसंसा गर्नु भयो ।
जन्मदिनमा कपिलवस्तुबाट आई ठुलो आर्थिक सहयोग गरेर ती दुखीहरुप्रति विर्सिनसक्नु गुन लगाएकोमा उहाँले घिमिरेलाई थप धन्यबाद दिनुभयो ।
त्यहाँ करिब ५१ परिवार विस्थापित भई विचल्लीमा परेको जानकारी दिँदै प्रदेश र केन्द्र सरकारले मन्त्री परिषद्ले निर्णय गरेर भूमिको ठेगान नलगाउँदासम्म विस्थापितहरुको विचल्ली भइरहनसमेत बताउनु भयो ।
स्थानीय शिक्षक डिलाराम पौडेलले घटनाको बारेमा जानकारी दिँदै विद्यार्थीहरुलाई राहत दिन कोही पनि नआएको बताउनु भयो ।
क्लवका अध्यक्ष सुरेन्द्र घिमिरेले क्लवका सदस्यले आफ्नो जन्म दिनमा केही न केही मानवीय र सामाजिक काम गर्नु पर्ने क्लवको नियम भएकाले सोही कार्यक्रम अनुसार जन्म दिन पर्ने विष्णुले यो कार्यक्रम तय गरेको बताउनु भयो ।
क्लवका सचिव राम सुभागे थारुको संचालनमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण केसी, पूर्वअध्यक्ष कुमार खड्का, लायन नवदत्त घिमिरे, पत्रकार चन्द्रकान्त न्यौपाने लगायतले शुभकामना दिँदै अनुकरणीय काम गरेकोमा घिमिरेलाई बधाई दिाँदै अरुले पनि यस कार्यको सिको गर्नु पर्ने जनाए ।
क्लवका ३५ कार्यसमिति सदस्य रहेकोमा २५ बढी सदस्य शितगंगाका पहिरोको कारण विस्थापितको अवस्था बुझ्न त्यहाँ गएका थिए । क्लवले अन्य समयमा पनि बिभिन्न सामाजिक र मानवीय कार्य गर्दै आइरहेको छ ।
प्रतिक्रिया