गजल १
पागल थिइन यार पागल बनायौ किन ?
यही पागलसंग केही दिन रमायौ किन ?
तिमी पागल वा म पागल छुट्ट्याउन सकिन
यति सजिलै मेरो तस्विर जालायौ किन ?
दिवा सपनाहरू हजार देखाएर यार
अरे सपनाको महलबाट पछार्यौ किन ?
जीन्दगीबाट वाक्क भइ मृत्यु रोज्दा मैले
झिनो आस देखाएर मलाई बचायौ किन ?
गजल २
झिलिमिली बत्ती बलि नै रह्यो त्यो मेरो गाउँमा
के गर्दै होलिन ती बुढी आमा शिर झुकाएँ पाउँमा
म चाडै फर्की आउँछु आमा गाउँको मुहार फेर्न
भगवान् सम्झी पुष्प चडाउँदैछु आमाको नाउँमा
परदेशी जीवन बसनु पर्छ साहु कै अधिनमा
मलम पट्टी लगाउदै यहाँ त्यो आलो घाउमा
आपत पर्दा न साहारा मिल्छ यो पापी देशमा
पोका पुन्टा कस्दौछु आमा घर आउने दाउमा
दस धारा दूध खुवाएर आमा हुर्कायौ बढायौ
मातृ स्नेह दाजिनु हुन्न सुनको त्यो भाउमा
एलिसा घिमिरे
कपिलवस्तु
प्रतिक्रिया