एजेन्सी ।
इटालियन क्लब इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले युरोपा लिग फुटबलको प्लेयर अफ दि सिजनु अवार्ड जितेका छन् ।
सन् २०१९/२० को सिजन युरोपा लिग फुटबलका उत्कृष्ट खेलाडी बन्दै लुकाकुले प्लेयर अफ दि सिजनु अवार्ड जितेका हुन् ।
लुकाकुले च्याम्पियन टिम सेभियाका इभर बेनेगा र म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस पछि पार्दै अवार्ड जितेका हुन् ।
लुकाकुको उत्कृष्ट प्रदर्शनमा इन्टर युरोपा लिगको फाइनलसम्म पुगेको थियो । लुकाकुले युरोपा लिगको ६ खेलमा ७ गोल गरेका थिए ।
प्रतिक्रिया