८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

राजधानी प्रस्ताव गरेका स्थानमा लाग्यो जग्गा किनबेचमा रोक



बुटवल ।
प्रदेश पाँच सरकारले प्रदेश राजधानी प्रस्ताव गरेको दाङका दुइ र अर्घाखाँचीको एक पालिकामा जग्गा किनबेचमा रोक लगाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश नहुँदासम्मका लागि सो क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको हो ।

राप्ती गाउँपालिकाको पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा यस्तो रोक लगाइएको मुख्यमन्त्री तथा मन्पिरिषद् कार्यालयको प्रशासन महाशाखाका सचिव भरतमणि सुवेदीले जानकारी गराउनुभएको छ ।

सो क्षेत्रमा जग्गाको कारोबारी बढ्ने खतरा देखिएको यस्तो निर्देशन जारी गरिएको हो । यसअघि दाङको बेलझुण्डी क्षेत्रमा प्रदेश राजधानीको चर्चा भएपछि सो क्षेत्रमा जग्गाको अस्वाभाविक कारोबार हुँदा धेरै खरिदकर्ताहरु डुबेका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७७ शुक्रबार ००:००  ७ : २८ बजे