७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

रोटरीको बाणगंगा विद्यालयकेन्द्रित प्राथमिक उपचार तालिम



मायादेवी अनलाइन चार नम्बर ।
रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न गरेको छ । बाणगंगा नगरपालिकाका बिभिन्न विद्यालयका एकएक जना विद्यार्थी र शिक्षकको सहभागितामा होराइजन अंग्रेजी आवासिय मावि सिद्धिपुरमा एक दिने तालिम सम्पन्न भएको हो ।

बिभिन्न विपद् तथा दुर्घटनामा परे पछि अपनाउन सकिने प्राथमिक उपचारको बारेमा विद्यार्थीहरुलाई आधारभूत ज्ञान दिने उदेश्यले सो कार्यक्रम गरिएको क्लवका अध्यक्ष नरेश पौडेलले मायादेवीसंग बताउनु भयो ।

कपिलवस्तु सामुदायिक अस्पतालका इमरजेन्सी विभाग प्रमुख सन्तोष खनालले विद्यार्थीहरुलाई प्राथमिक उपचारको बारेमा तालिम दिनु भएको थियो । घर, सडक, वनजंगल, खेलमैदान, कुलो, नदी, विद्यालय आदि स्थानमा हुने हुने बिभिन्न आकस्मिक घटना तथा दुर्घटना र यसबाट बच्न गरिने प्रारम्भिक उपचार, तौर तरिकाका बारेमा खनालले जानकारी गराउनु भएको छ ।

बिभिन्न घटना र दुर्घटनाका बारेमा प्राथमिक उपचार पद्धती नजान्दा धेरै मानिसको ज्यान समेत गएको भन्दै उहाँले विद्यार्थी र शिक्षकलाई मात्र नभएर सबैमानिसलाई यसको ज्ञान हुनु पर्ने बताउनु भयो ।

प्रदेश नम्बर ५ का सांसद एवम् प्रमुख अतिथि विष्णु पन्थीको स्वास्थ्य जाँच गर्दै सुभारम्भ भएको तालिममा बोल्न वक्ताले वर्तमान परिप्रेक्ष्यमा निकै राम्रो काम ल्याएको भन्दै रोटरीको प्रसंसा गरेका थिए ।

सांसद पन्थीले प्राथमिक उपचारले हरेक देशको मृत्युदर घटाउने बताउनु भयो । कुनै दुर्घटना या चोटपटक लाग्दा प्राथमिक उपचार नपाउँदा विश्वमा लाखौँ मानिसको जयान जाने गरेको स्मरण गर्दै यो तालिमबाट अधिकतम लाभ लिन विद्यार्थी र शिक्षकलाई आग्रह गर्नु भयो । साथै औषत आयु बढाउन पनि प्राथमिक उपचार पद्धती जान्नु पर्ने उहाँले जानकारी दिनुभयो ।

बाणगंगा नगरपालिकाका शिक्षा, खेलकुद तथा युवा शाखा प्रमुख उपसचिव बाबुराम भट्टराइले हरेक मानिसलाई यस्तो तालिमको आवशयकता रहेको बताउनु भयो । विद्यालय आउजाउ गर्ने, विद्यालयमा खेल्ने क्रममा विद्यार्थी बिभिन्न कारणले दुर्घटनामा पर्ने जोखिम हुँदा उनीहरुलाई यस्तो तालिम झनै महत्वपूर्ण हुने बताउनु भयो ।

क्लवका अध्यक्ष नरेश पौडेलको अध्यक्षता, रोटरियन अञ्जु अधिकारीको संचालन तथा रोटरियन सुष्मा खाँणको स्वागतमा सम्पन्न कार्यक्रममा नगरका शिक्षा अधिकृत खिम बहादुर जिसी, श्रोत व्यक्ति कविराज भण्डारी, रोटरीका संस्थापक अध्यक्ष लक्ष्मण अधिकारी, पूर्वअध्यक्षद्धय बासुदेव घिमिरे । वीरेन्द्र खाँण, कपिलवस्तु सामुदायिक अस्पतालका दुर्गा भुषाल, समाजसेवी शारदा पाठक, पत्रकार चन्द्रकान्त न्यौपाने लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७७ शुक्रबार ००:००  ३ : १२ बजे