७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आउँदो चैतमा



काठमाडौं ।

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आउँदो चैतमा हुने भएको छ ।असोज १५ गते बसेको जनमोर्चाको केन्द्रीय समितिको अनलाइन बैठकले हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गर्ने निर्णय गरेको महासचिव जनकराज शर्माले जानकारी दिए ।

बैठकले सम्मेलनमा पारित हुने दस्तावेजहरुको मस्यौदा तयार गर्न अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरेको छ । सदस्यहरुमा उपाध्यक्ष दुर्गा पौडेल, महसाचिव जनकराज शर्मा, कोषाध्यक्ष हिमलाल पुरी र केन्द्रीय सदस्य मनोज भट्ट रहेका छन् ।

त्यस्तै महासचिव जनकराज शर्माको संयोजत्वमा १३ सदस्यीय सम्मेलन व्यवस्थापन समितिको गठन भएको छ । सदस्यहरुमा उपाध्यक्षद्वय बद्रे आलम र दुर्गा पौडेल, केन्द्रीय सदस्यहरु कृष्णबहादुर खड्का, नन्दराज भट्ट, झविलाल थापा, घनश्याम न्यौपाने, लालबहादुर थापा, सुधा शर्मा, सल्लाहकार अमर थापा र अमर नेपाली तथा हरिकिशोर महतो रहेका छन् ।

राष्ट्रिय जनमोर्चाले कोरोना महामारीबाट बच्न जनता स्वयं सचेत हुनुपर्ने र सरकारले जनताको उपचार र स्वास्थ्यसम्बन्धी कुराहरुमा आवश्यक व्यवस्था मिलाउनुपर्ने बताएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७ शुक्रबार ००:००  २ : १२ बजे