एजेन्सी ।
जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । सन् २०१९र२० को सिजन उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका हुन् ।
लेवान्डोस्कीले मनोनयनमा परेका म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्नकै गोलकिपर मानुएल नुएर पछि पार्दै अवार्ड जितेका हुन् । लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गत सिजन मुख्य तीन उपाधि जितेको थियो ।
बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेको थियो । यस्तै यूईएफए सुपर कप र जर्मन कप समेत बायर्नले जितेको थियो । जसमा लेवान्डोस्कीको भूमिका महत्वपूर्ण रहेको थियो ।
गत सिजन लेवान्डोस्कीले लिगमा ३४ गोल गरेका थिए । यस्तै च्याम्पियन्स लिगमा लेवान्डोस्कीले १५ गोल गरेका थिए । लेवान्डोस्कीले ुफरवार्ड अफ दि सिजनु अवार्ड समेत जिते ।
बायर्नकै जोसुवा किमिचले डिफेन्डर अफ दि इयर अवार्ड जित्दा गोलकिपर अफ दि इयर अवार्ड बायर्नकै म्यानुएल नुएरले जिते । मिडफिल्डर अफ दि इयर अवार्ड भने म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएनले हात पारे ।
प्रशिक्षक अफ दि इयर अवार्ड पुरुषतर्फ बायर्नका हान्सी फ्लिक र महिलातर्फ लियोनका जान लुक भासेरले हात पारे । महिलातर्फ ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड वल्फ्सबर्गका पेर्निल हार्डरले जितिन् ।
यस्तै उत्कृष्ट गोलकिपर सारा बुहाद्दी , उत्कृष्ट डिफेन्डर वेन्डी रेनार्ड, उत्कृष्ट मिडफिल्डर जेनिफर मारोज्सान र उत्कृष्ट फरवार्ड पेर्निल हार्डरले जितिन् । चेल्सी तथा आइभरी कोस्टका पूर्व फरवार्ड डिडियर ड्रोग्बालाई यूईएफए प्रेसिडेन्ट अवार्ड प्रदान गरियो ।
प्रतिक्रिया