एजेन्सी ।
युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ ।
यूईएफएले बिहीबार नयाँ सिजनको लागि समूह चरणको ड्र सार्वजनिक गरेको हो । यूईएफएले निकालेको ड्र अनुसार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको टिम समूह चरणमै खेल्ने भएका छन् ।
मेस्सीको टिम बार्सिलोना र रोनाल्डोको टिम युभेन्ट्स एकै समूहमा परेका छन् ।समूह ुजीु मा बार्सिलोना र युभेन्ट्ससँगै डाइनामो किभ र फेरेन्सभारेस रहेका छन् ।
साविक विजेता बायर्न म्युनिख भने समूह एु मा परेको छ । यस समूहमा एट्लेटिको मड्रिड, लोकमोटिभ मोस्क्भा र साल्जवर्ग रहेका छन् । समूह बीु मा रियल मड्रिड, शाक्तर डोनेट्स, इन्टर मिलान र बोरुसिया मन्छेनग्लाडबाख रहेका छन् ।
समूह ुसीु मा पोर्टो, म्यानचेस्टर सिटी, ओलम्पियाकोस र मार्सेली रहदा समूह ुडीु मा लिभरपुल, आयाक्स, एटलान्टा र मिडजिल्याण्ड परेका छन् ।
समूह ुइु मा सेभिया, चेल्सी, क्रास्नोडार र रेनस पर्दा समूह ुएफु मा जेनिट सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमण्ड, लाजियो र क्लब ब्रुगा रहेका छन् ।
यस्तै समूह एचमा पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइपजिग, इस्तानबुल बसाकसेइर रहेको छ ।
प्रतिक्रिया