७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

स्पेनमा मड्रिड र आसपासका क्षेत्रमा लकडाउनको घोषणा



काठमाण्डौ ।

स्पेनमा कोरोना सङ्क्रमितको संख्या बढेपछि राजधानी मड्रिड र आसपासका क्षेत्रमा लकडाउनको घोषणा गरिएको छ ।

कोरोना सङ्क्रमितको संख्या ह्वात्तै बढेको भन्दै स्पेन सरकारले लकडाउनको घोषणा गरेको हो । नयाँ घोषणामा अब राजधानी मड्रिड र आसपासका नागरिक अति आवश्यक नपरि घर बाहिर निस्कन नपाउने उल्लेख छ ।

उनीहरु काम, किनमेल र डाक्टरसँग भेट्नको लागि भने बाहिर जान पाउनेछन् । यस्तै ६ जनाभन्दा धेरैलाई जम्मा हुन पनि रोक लगाइएको छ । तर मड्रिडको क्षत्रिय सरकारले भने कानुनी रुपमा लकडाउन मान्य नभएको बताएको बीबीसीले जनाएको छ ।

स्पेनमा अहिलेसम्म ७ लाख ४८ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र ३१ हजार ४ सय ११ जनाको भने ज्यान गएको जोन हप्किङस विश्व विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७ बिहिबार ००:००  १२ : २७ बजे