९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा पनि मनाईयो १४ औँ विश्व रेविज दिवस



मायादेवी अनलाइन, चार नम्बर ।
‘रेविज अन्त्य गर्न सहकार्य गरौ, खोप लगाऔ’ भन्ने नाराका साथ १४ औँ विश्व रेविज दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तौलिहवामा पनि रेविज दिवस मनाइएको छ ।

किसानको कुकुरलाई निशुल्क रुपमा रेजिवको खोप लगाई दिवसको आरम्भ गरिएको थियो । यो दिवसलाई विश्व सप्ताहव्यापी रुपमा मनाइने कार्यक्रम तय भएको छ ।

सो अवसरमा बोल्दै विज्ञ केन्द्रका प्रमुख दिपक भुसालले कुकुर तथा रेविज लाग्न सक्ने जनावरहरुलाई नियमित रुपमा खोप लगाई यो रोगबाट वच्नको लागि किसानहरु सचेत हुनुपर्ने बताए ।

सो अवसरमा वरिष्ठ मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरी, डा.गणेश पुन, पशु चिकित्सक दुर्गा प्रसाद खनाल, कपिलवस्तु नगरपालिकाका पशु प्राविधिक भोजराज पाण्डे लगायत सहभागिता रहेको थियो । कार्यालयले विभिन्न कार्यक्रम गरी दिवस मनाउने जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७ सोमबार ००:००  १० : ३८ बजे