एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा चेल्सी वेस्ट ब्रुमसँग ३-३ गोलको बराबरीमा रोकिएको हो । वेस्ट ब्रुमको मैदानमा ३ गोलले पछि परेको स्थिति उल्टाएर चेल्सीले बराबरी खेलेको हो ।
चेल्सीका लागि मासन माउन्ट, कलुम हुडसन र टामी अब्राहमले एक एक गोल गरे । वेस्ट ब्रुमका कलुम रोबिनसनले दुई गोल गर्दा केली बार्टलीले एक गोल गरे । रोमान्चक बनेको खेलको पहिलो हाफमा वेस्ट ब्रुमले तीन गोल गरेको थियो । चौंथो मिनेटमा रोबिनसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । चेल्सीका कप्तान तथा डिफेन्डर थियागो सिल्भाको गल्तीको फाइदा उठाउदै २५ औं मिनेटमा रोबिनसनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २(० को बनाए ।
२७ औं मिनेटमा केलीले गोल गर्दा पहिलो हाफमै वेस्ट ब्रुम ३-० ले अघि रह्यो । तर, दोस्रो हाफमा फ्रान्क लाम्पार्टको चेल्सीले उत्कृष्ट पुनरागमन गर्यो । ५५ औं मिनेटमा माउन्टले गोल गर्दै खेल ३(१ को स्थितिमा ल्याए । ७० औं मिनेटमा हुडसनले गोल गर्दै चेल्सीलाई ३(२ को अवस्थामा ल्याए । त्यसपछि खेलको इन्जुरी समय अब्राहमले गोल गर्दै चेल्सीलाई हारबाट जोगाए ।
बराबरीसँगै चेल्सीले ३ खेलमा ४ अंक जोडेको छ । चेल्सी तालिकाको छैटौं स्थानमा रहेको छ । चेल्सीले पहिलो खेलमा ब्राइटनलाई ३(१ ले हराएको थियो । तर, दोस्रो खेलमा चेल्सी लिभरपुलसँग २(० ले पराजित भएको थियो । वेस्ट ब्रुमको यो पहिलो अंक हो । वेस्ट ब्रुमले ३ खेलमा १ अंक जोडेको छ । वेस्ट ब्रुमले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो ।
प्रतिक्रिया