९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रिमियर लिगः युनाइटेडको पहिलो जित



एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो जित निकालेको छ ।शनिबार भएको खेलमा ब्राइटनलाई ३ – २ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पहिलो जित निकालेको हो ।

ब्राइटनको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर युनाइटेडले जित निकालेको हो । खेलको ४० औं मिनेटमा निल माउपेले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

युनाइटेडका निमान्जा माटिचले पेनाल्टी बक्समा आरोनलाई फउल गरेपछि ब्राइटनले पेनाल्टी पाएको थियो । तर, ४३ औं मिनेटमा ब्राइटनका लेविस डंकले आत्मघाती गोल गरेपछि पहिलो हाफको खेल १(१ गोलको बराबरीमा सकिएको थियो ।

खेलको ५५ औं मिनेटमा मार्कस राष्फोर्डले गोल गर्दै युनाइटेडलाई २(१ को अग्रता दिलाए । त्यसअघि ५३ औं मिनेटमा राष्फोर्डले गरेको गोलले भने मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए ।

त्यसपछि थप गरिएको इन्जुरी समयको खेल रोमान्चक बन्यो ।इन्जुरी समयको पाँचौ मिनेटमा सोली मार्चले गोल गर्दै ब्राइटन २-२ को बराबरीमा ल्याए ।

तर, इन्जुरी समयको ११ औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३(२ को जित दिलाए ।ब्राइटनका माउपेले पेनाल्टी क्षेत्रमा ह्याण्डबल गरेपछि भीएआरको सहयोगमा युनाइटेडले पेनाल्टी पाएको थियो । जसमा ब्रुनो सफल भए ।

जितसँगै युनाइटेडले २ खेलमा ३ अंक जोडेको छ । युनाइटेड तालिकाको १३ औं स्थानमा रहेको छ । पहिलो खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग ३(१ गोल अन्तरले पराजित भएको थियो । ब्राइटनको यो दोस्रो हार हो । ३ खेल खेलेको ब्राइटनको ३ अंक रहेको छ । ब्राइटन तालिकाको दशौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७ आइतबार ००:००  ६ : १३ बजे