९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

प्रदेश ५ ‌मा संक्रमितको संख्या १० हजार नजिक



कपिलवस्तु ।

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या नौ हजार नौ सय ६७ पुगेको छ । प्रदेशमा सबैभन्दा बढी संक्रमित रुपन्देहीमा छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार रुपन्देहीमा दुई हजार तीन सय १९ कोरोना संक्रमितमध्ये १५ सय संक्रमणमुक्त भएका छन् । यस्तै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या सात हजार ६ सय ६५ पुगेको छ ।

धेरै संक्रमित रुपन्देही, बाँके, कपिलवस्तु र दाङमा

प्रदेशमा धेरै संक्रमित रहेको रुपन्देहीमा दुई हजार तीन सय १९ संक्रमित छन् । बाँकेमा एक हजार सात सय ४६, कपिलवस्तुमा एक हजार दुई सय ९७ र दाङमा एक हजार ७४ संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

त्यस्तै, पाल्पामा सात सय ३२, बर्दियामा ६ सय २२, प्युठानमा पाँच सय ४१ जना, गुल्मीमा पाँच सय तीन, नवलपरासी पश्चिममा पाँच सय २४ जना, अर्घाखाँचीमा चार सय १३, रोल्पामा एक सय २२ जना र रुकुम पूर्वमा ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ । प्रदेशमा होम आइसोलेसनमा एक हजार ६ सय ९८ छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७७ शुक्रबार ००:००  ३ : २६ बजे