एजेन्सी ।
युवा खेलाडी कार्टिस जोन्स प्रेरित लिभरपुलले कारबाओ कपमा फराकिलो जित निकालेको छ ।बिहिबार भएको तेस्रो चरणको खेलमा लिभरपुलले तेस्रो डिभिजनको क्लब लिन्कनमाथि ७–२ को जित निकालेको हो ।
ताकुमी मिनामिनो र जेन्स दुई दुई गोल गरेको खेलमा जर्दान साकिरीले लिभरपुललाई अग्रता दिलाएका थिए । लिभरपुलका मार्को ग्रुजिकले गोल गर्नु अघि घरेलु टोली लिन्कनका टायो एडुन र लुईस मोन्ट्समाले गोल गरेका थिए । एनफिल्ड क्लबका लागि सातौं गोल डिभोक ओरिगीले गरेका थिए ।
लिभरपुलले डिफेन्डर राइड विलियम्स र कोस्तास तिमिकासलाई कारबाओ कपमा डेब्यू गराएको थियो ।दोस्रो हाफमा डियागो जोटाले समेत लिभरपुलको जर्सीमा मैदान प्रवेश गरेका थिए । उनी यसै सिजन ४१ मिलियन पाउण्डमा उल्भ्सबाट लिभरपुल आएका हुन् ।
लिभरपुलले चौथो चरणमा लण्डन क्लब आर्सनलसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया