९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

एकैदिन कोरोनाले कपिलवस्तुका दुई जनाको ज्यान लियो



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना भाइरस (कोभिड-१९) का कारण कपिलवस्तुमा एकैदिन दुई जनाको ज्यान गएको छ । कोरोना संक्रमण देखिएपछि बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत जिल्लाका बुद्धभूमि र वाणगंगाका एक जना पुरुष र एक जना महिलाको विहीबार निधन भएको हो ।

विहीबार साँझमात्र बुटवलस्थित कारोना विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा वाणगंगाकी ७० वर्षीया वृद्धाको मृत्यु भएको छ । मृत्युबारे बुटवलमा बुझ्दा बनगाई भनिए पनि वडा खुलेको थिएन । यसबारे बाणगंगा नगरपालिकासंग बुझ्दा बाणगंगाा ११ की महिलाको मृत्यु भएको बताइएको छ ।

उहाँ असोज ५ गते अस्पताल भर्ना हुनुभएको थियो । उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार उहाँ दमको रोगी हुनुहुन्थ्यो ।

बिहीबार नै बुटवलको कोरोना अस्पतालमा उपचाररत जिल्लाको बुद्धभूमि ६ का ५० वर्षका पुरुषको निधन भएको थियो ।

उहाँको ७ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो । असोज १ गते अस्पतालमा भर्ना हुनुभएका उहाँको आज बिहीबार बिहान ७ बजे मृत्यु भएको हो । उहाँमा मधुमेह र मिर्गौलाको समस्या थियो ।

विहीबार एकै दिन दुई जनाको मृत्यु भएसंगै कपिलवस्तुमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७ बिहिबार ००:००  ९ : १९ बजे