काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ ।
मन्त्री योगेश भट्टराईको अध्यक्षतामा आज बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको हो ।
प्रस्ताव तयार पार्न पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदिपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेको समिति निर्माण गरिएको छ ।
जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई समेत सामेल गर्ने तयारी छ ।
त्यस्तै बैठकले पशुपति मन्दिर, लुम्बिनी संग्राहलय खोल्ने सम्बन्धमा प्रोटोकल तयार गरी ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ ९सिसिएमसी० मा पेश गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया