१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

तिनाउ नदीको कटान सुरु



बुटवल ।

रुपन्देहीको तिनाउ नदीमा पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा कटान सुरु गरेको छ । तिनाउमा आएको बाढीले बुटवल–११ बुद्धनगर, माझगाउँ, मझुवा एवं वडा नम्बर १७ का केही भागमा कटान थालेको हो ।

क्षतिको पूर्व आकलन गर्न भन्दै बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीसहितको टोलीले तिनाउ किनारको स्थलगत अनुगमन गरेको छ । अहिलेसम्म बुद्धनगर, मझुवा र मैनाबगर जोड्ने सडकको केही भाग र नदी कटान रोक्न मझुवामा बनाइएको तारजाली र ड्याम बगाएको स्थलगत अनुगमनमा गएका बुटवल–११ का वडाध्यक्ष रामचन्द्र खनालले बताए । नदीले बिहान ५ बजेदेखि सतर्कताको तह पार गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७ बिहिबार ००:००  ३ : १२ बजे